Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • गण्डकी प्रदेशका ३७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २२ जना स्याङ्जाका


    शुक्रबार, जेष्ठ ३० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा, ३० जेठ । कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । भारतसँग सीमा नजोडिएको गण्डकी प्रदेशमा पनि कोरोना संक्रमितको संख्या थपिने क्रम बढेको छ । गण्डकी प्रदेशमा आज बिहानमात्र थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान नयाँ संक्रमितको पुष्टि गरेको हो ।

    निर्देशनालयका अनुसार संक्रमितमा सबैभन्दा बढी स्याङ्जामा २२ थपिएका हुन् । यसैगरी पर्वतका १३ र तनहुँ र पूर्वी नवलपरासीका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ । संक्रमितमा ३ वर्षदेखि ६६ वर्ष उमेर समूहका सबै पुरुष छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या १८८ पुगेको छ ।

    प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार प्रदेशका मनाङ र मुस्ताङमा कुनै पनि संक्रमण देखिएको छैन । सबैभन्दा बढी स्याङ्जामा ६० जनामा संक्रमण पुष्टि भएको छ ।

    यसैगरी बागलुङमा ४०, पूर्वी नवलपरासीमा ३८, पर्वतमा २२, गोरखामा १५, कास्कीमा ५, तनहुँमा ४, म्याग्दीमा ३ र लमजुङमा एक जना कोरोना संक्रमित पुगेका छन् । संक्रमितमध्ये ११ जना निको भएका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    gandaki.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार