झापा । झापामा नेपाली कांग्रेसका दुई ‘हेब्बी वेट’ नेता छन्- कृष्ण प्रसाद सिटौला र विश्वप्रकाश शर्मा । यी नेता तल्लो तहदेखि केन्द्रसम्म प्रतिस्पर्धामा छन् । सिटौला कांग्रेसका पूर्वमहामन्त्री हुन् । उनी अहिले पार्टीभित्र ‘तेस्रो धार’ भन्दै गुट चलाउँदै आएका छन् ।
शर्मा कांग्रेसका प्रवक्ता हुन् । आउँदो महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन्, शर्माले । विगतमा सभापति शेरबहादुर देउवा समूहका शर्मा अहिले देउवासँग खटपट छ भन्ने चर्चा हुन्छ । अहिले उनी उपसभापति विमलेन्द्र निधि नजिक भएको चर्चा छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला तहमा अहिले धमाधम अधिवेशनका कार्यक्रम भइरहेका छन् ।
झापामा भने मुख्य प्रतिस्पर्धामा सिटौला समूह र विश्वप्रकाश समूह नै देखिएको छ । केन्द्रमा जस्तोसुकै समीकरण भए पनि झापाको समीकरण भने रोचक छ । विगतमा देउवानिकट मानिएका केशवकुमार बुढाथोकीले झापाको कांग्रेस निर्वाचनमा भने विश्वप्रकाशको साथ छाडेर सिटौला समूहलाई सघाएका छन् । केही उम्मेदवारको हकमा झापामा रामचन्द्र पौडेल समूहकी सरिता प्रसाईं समूहले विश्वप्रकाशका उम्मेदवारलाई समर्थन गरेका छन् । झापामा यस पटक निकै रोचक रूपमा कांग्रेसको निर्वाचन सम्पन्न भएको छ । विगतमा सिटौला समूहमा रहेका लोकराज ढकालले पनि शर्मा समूहलाई साथ दिए । उनी रेडक्रस सोसाईटी झापाका अध्यक्षसमेत हुन् ।
झापामा संघीय निर्वाचन क्षेत्रअन्तर्गत पाँच निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत १० वटै निर्वाचन क्षेत्रमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन भइसकेको छ । प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिको पनि टुंगो लागिसकेको छ । अहिले १० मंसिरमा हुने जिल्ला कार्यसमितिको निर्वाचनले झापामा कांग्रेसको अन्तरिक राजनीति गर्माएको छ । सिटौला समूहबाट जिल्ला सभापतिमा देउकुमार थेपे र शर्मा समूहबाट राम कट्टेलले उम्मेदवारी दिएका छन् । यद्यपि, तल्लो तहबाट भएको प्रतिस्पर्धाअनुसार सिटौला समूह झापामा हाबी छ । प्रदेशस्तरीय १० निर्वाचन क्षेत्रमध्ये सिटौला समूहकाले पाँच ठाउँमा जित हात पारेका छन् ।
यस्तै, शर्माले तीन ठाउँमा जित हात पारे भने दुई जना तटस्थ छन् । क्षेत्र नम्बर १ ‘क’ का हरिबहादुर बुढाथोकी विगतमा शर्मा समूहमा थिए । अहिले उनले सिटौला समूहको समर्थनमा निर्वाचन जितेका हुन् । त्यसकारण उनी तठस्थ जस्तै देखिन्छन् । यस्तै, निर्वाचन क्षेत्र ४ ‘क’ का सभापति विगतमा शर्मासँग नजिक थिए । तर, प्रदेश क्षेत्रीय सभापतिमा सिटौला समूहको सहयोगमा सर्वसम्मत निर्वाचित भएपछि उनी तटस्थ छन् ।
झापा- १ ‘ख’ को क्षेत्रीय सभापतिमा शर्मा समूहका सन्तोष न्यौपाने विजयी भएका छन् । क्षेत्र नम्बर २ ‘क’ मा लक्ष्मीप्रसाद आचार्य र क्षेत्र नम्बर २ ‘ख’मा किरण श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरू दुवै सिटौला समूहका हुन् । क्षेत्र नम्बर ३ ‘क’ चिन्तामणि खरेल र क्षेत्र नम्बर ३ ‘ख’ मा तुलसीप्रसाद ओली विजयी भएका हुन् । उनीहरू दुवै सिटौला समूहका हुन् । यस्तै, क्षेत्र नम्बर ४ ‘ख’ मा सिटौला समूहका ख्यामराज सिटौला विजयी भएका छन् । क्षेत्र नम्बर-५ ‘क’ मा जीवनकुमार र क्षेत्र नम्बर ५ ‘ख’ मा रवि केसी न्यौपाने विजयी भएका छन् । उनीहरू दुवै विश्वप्रकाश शर्मा समूहका हुन् ।
यस्तै, संघीय निर्वाचन क्षेत्रअन्तर्गत झापामा रहेका पाँच निर्वाचन क्षेत्रमध्ये सिटौला समूहले तीन र विश्वप्रकाश समूहले दुईवटा निर्वाचन क्षेत्रमा सभापतिको जित हात पारेको छ । क्षेत्र नम्बर १ को सभापतिमा शर्मा समूहका इन्द्रबहादुर बुढाथोकी, क्षेत्र नम्बर २ मा सिटौला समूहका खगेन्द्र मैनाली, क्षेत्र नम्बर ३ मा सिटौला समूहकै गणेश पोखरेल, क्षेत्र नम्बर ४ मा सिटौला समूहका जयनारायण साह र क्षेत्र नम्बर ५ मा विश्वप्रकाश समूहका ढुण्डीराज भण्डारी निर्वाचित भएका हुन् ।
यस्तै, महाधिवेशनप्रतिनिधितर्फ पनि शर्मा समूहभन्दा सिटौला समूह नै अघि छ । झापामा तुलनात्मक रूपमा सिटौला समूह बलियो देखिन्छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend