Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकलमा एकजना मात्रै चढ्न पाइने


    बिहिबार, जेष्ठ २९ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, २९ जेठ । सरकारले खुकुलो पारे पनि मोटरसाइकलमा एकजनामात्र चढ्न पाउनेछन् । सामान्य अवस्थामा मोटरसाइकलमा दुई जना चढ्ने गरेका थिए । कोरोना संक्रमण फैलिन सक्ने भएकाले एकजनामात्र चढ्न पाउनेछन् । यो नियम आजैदेखि लागू हुने जनाइएको छ । लकडाउन खुकुलो पार्दै सवारी साधन चल्न दिने निर्णय गरेसँगै त्यसका लागि निश्चित यात्रु संख्यामात्र राख्न पाउने ब्यवस्था गरिएको छ । कारमा ३ जनामात्र राख्न पाइनेछ ।

    त्यस्तै सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । त्यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ । लकडाउन केही खुकुलो बनाइए पनि नेपालमा कोरोना भाइरस संक्रमण जोखिम दिनहुँ बढिरहेकाले यस्तो नियम लागू गरिएको जनाइएको छ ।

    सार्वजनिक यातायात अझै नचल्ने, निजीमा जोर–विजोर प्रणाली

    यस्तै सरकारले सार्वजनिक यातायात तत्काल चल्न नदिने निर्णय गरेको छ । निजी सवारी साधन सञ्चालनमा भने सहज हुने भएका छन् ।
    उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइने भएको छ । उपत्यका बाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने निर्णय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार