प्युठान। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्युठानमा जिल्ला सभापतिको अधिवेशनमा तनाव भएको छ । स्वर्गद्वारी क्याम्पसमा अधिवेशन सम्पन्न भई मतगणना भइरहेका बेला तनाव भएको हो ।
कुल १०६५ मत खसेकोमा ६५ मत गणना गर्न बाँकी रहेका केही युवाले ढुंगामुडासहित अवरोध गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुरग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय प्रमुख सत्यनारायण थापाले भने, ‘मतपरिणाम अन्तिम अवस्थामा पुग्दै गर्दा एक जत्थाले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले ५ राउन्ड असुर ग्यास प्रहार गरेको छ । दुईजना प्रहरीसहित ६ जना घाइते भएका छन् ।’
उनकाअनुसार एक जना प्रहरी, एक सशस्त्र प्रहरी र अन्य चार जना सर्वसाधारण घाइते भएका छन् । घाइते प्रहरी कर्मचारी चन्द्रबहादुर गाहा मगरलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भुसालले अहिले अवस्था नियन्त्रणमा रहेको बताए । तर केही समयका लागि मतगणना रोकिएको र चाँडै सुरु गरिने उनको भनाइ छ । ‘वत्तीको व्यवस्था गरेर चुडिएको डोरी मर्मत गरेर सुरु गर्ने तयारी निर्वाचन कार्यालयको छ,’ उनले भने । बाहिरबाट क्याम्पसमा ढुंगा प्रहार भएपछि घटना भएको उनले जानकारी दिए । उनकाअनुसार घटनामा संलग्न भएको भनेर कसैलाई नियन्त्रणमा लिइएको छैन ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend