Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा १ सय २ जना कोरोना जितेर घर फर्किए


    बिहिबार, जेष्ठ २९ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट, २९ जेठ । नेपालमा कोरोना संक्रमण डढेलोसरी फैलिरहेको छ । कोरोना फैलिइरहे पनि निको हुने क्रम पनि उत्साहजनक नै छ । बुधबार साँझ मात्रै रौतहटमा एक सय २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । गौर नर्सिंङ इन्ष्टिच्युटको आइसोलेसनबाट १६ जना र प्रहरी स्कुल बिर्ताको आइसोलेसनबाट ६५ जना गरी ८१ जना बुधबार साँझ उपचारपछि निको भएर घर फर्किएका छन् ।

    कोरोनालाई जितेर घर फर्किनेहरुमा ईशनाथ नगरपालिकाका ३५ जना, देवाहीगोनाही नगरपालिकाका १० जना, गौर नगरपालिका, कटहरिया नगरपालिका, राजदेवी नगरपालिकाका संक्रमित छन् ।

    यसअघि वीरगन्जस्थित नारायणी अस्पतालबाट रौतहटका ३ जना निको भई फर्किएका थिए । गौर नर्सिंङ इन्ष्टिच्युटबाट १८ जना निको भएर घर गएका थिए । बिहीबार बिहानसम्ममा रौतहटमा ४ हजार ४ सय ४५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार