Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीसँग भिड्न लागेका रावललाई महेश बस्नेतको आग्रह- अध्यक्षमा उम्मेदवारी दिएर राम्रो भएन फिर्ता लिनुस्


    मंगलबार, मंसिर ७ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीका उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता गर्न पनि आग्रह गरेका छन् ।

    मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमार्फत नेता बस्नेतले आफूकाे सचिवमा उम्मेदवारी घोषणा गर्दै रावलले अध्यक्षमा उम्मेदवारी दिंदा राम्रो सन्देश नगएकाले फिर्ता गर्नु पर्ने बताएका हुन् । 

    उनले भने, ‘उहाँले दुई कारणले उम्मेदवारी दिएको हुनसक्छ । एउटा अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिका, पदमा स्थापित गराउन चाहेको पनि हुनसक्छ । दोस्रो, अध्यक्षमा उम्मेदवारी दिने अनि जित्ने कुनै सम्भावना छैन । तर, पराजित भए पनि पार्टीमा बसेर काम गर्नको लागि पनि हुनसक्छ ।’

    तर रावलले अध्यक्षमा दाबी गरेर राम्रो सन्देश नगएको उनको भनाइ छ । रावलले उम्मेदवारी फिर्ता गरेर जानुपर्ने उनले जोड दिए । ‘चुनावमा जाने र उहाँ निराश हुने, जसरी पछिल्लो समय उहाँको अभिव्यक्ति उत्तेजक, निराशजनक र अराजकखालको देखिँदैछ । विद्यावारिधी गरेको व्यक्तिलाई अहिले आम मानिसले फरक खालले हेर्ने दृष्टिकोण बन्दैछ,’ बस्नेतले भने, ‘कम्युनिस्ट आन्दोलनलाई थप क्षति नहोस् भनेर रावलले उम्मेदवारी फिर्ता लिँदा नै राम्रो हुन्छ ।’

    भीम रावलले उम्मेद्धघवारी फिर्ता लिनुभएन भने के हुन्छ ? भनेर सोधिएको प्रश्नमा अहिले पदाधिकारी सर्वसम्मत् बनाउनेबारे अधिकतम प्रयास भैरहेको जनाए । यसको लागि नेताहरुबीच र दाबेदारी गरेका नेताहरुबीच अनौपचारिक छलफल तथा बैठक भैरहेको उनको भनाइ छ ।

    ‘सर्वसम्मत् भएन भने मैत्रीपूर्ण ढंगले निर्वाचनमा जान्छौं । अब भीम रावल कमरेडले उम्मेदवारी फिर्ता लिएर पार्टीभित्र आफूलाई सेट गरेर महत्वपूर्ण जिम्मेवारी लिएर जाने कुरा चाहीँ सबैभन्दा राम्रो र उचित विकल्प हो । यदि जानुभएन भने त निर्वाचनमा जान हामी बाध्य हुन्छौं । डिजिटल प्रणालीबाट निर्वाचन गर्ने भनेर मेशिन तयार छ । यदि सर्वसम्मत् हुने कुरामा उहाँले स्विकार गर्नुभएन भने निर्वाचन स्विकार्नुको उपायबाहेक हामीसँग अर्को उपाय रहँदैन,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार