Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कम्युनिस्ट आन्दोलनका लागि मेरो उम्मेदवारी अनिवार्य छ, सचिवमा लोकप्रिय मत ल्याएर जित्छु– महेश बस्नेत


    मंगलबार, मंसिर ७ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले कम्युनिस्ट आन्दोलनका लागि आफ्नाे उम्मेदवारी अनिवार्य भएकाे बताउँदै पार्टीको दसौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

    देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर सचिव पद जित्ने दाबी गर्दै उनले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

    बस्नेतले अबको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नहुने हो भने कम्युनिस्ट आन्दोलन कमजोर हुने भन्दै ओलीलाई साथ दिन आफ्नो उम्मेदवारी अनिवार्य रहेको बताए । 

    उनले कम्युनिस्ट आन्दोलन तोडफोड भइरहेका बेलामा पनि ओलीले नै एकताबद्ध बनाउने काम गरेको दाबी गर्दै अध्यक्षमा भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि अध्यक्ष ओलीले सर्वसम्मतको प्रयास गर्ने बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार