डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुरा सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन् । सातौँ जिल्ला अधिवेशनमा प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् । निर्माण व्यवसायीसमेत रहेका साउँद परशुराम नगरपालिकाका मेयर पनि हुन् ।
साउँदले ७३४ मत प्राप्त गरेका छन् भने ठकुराठीले ७६ मत प्राप्त गरे । उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी चयन भएका छन् भने सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् ।
उपसभापतिद्वय निर्विरोध भएका हुन् भने सचिव पदमा भने निर्वाचन भएको थियो । सचिव पदका उम्मेदवार चेतराज भट्ट भने पराजित भए ।
सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भएका छन् ।
सर्वसम्मत चयन हुनेमा खुला सदस्यमा अमरगढी नगरपालिकाबाट दुर्लभसिंह झुकाल, हरिप्रसाद अवस्थी र विस्नादेवी गैराल रहेका छन् । परशुराम नगरपालिकाबाट अर्जुनसिंह साँउद, दलबहादुर साउँद र बसन्ती देवी पाण्डेय छन् ।
आलिताल गाँउपालिकाबाट प्रेमबहादुर पातली र गोमतीदेवी बोहरा चयन भएका छन् भने भागेश्वर गाँउपालिकाबाट उपेन्द्र जोरा र शान्तिदेवी जैशी चयन भए ।
अजयमेरु गाँउपालिकाबाट रामबहादुर विष्ट र ईश्वरी चन्द चयन हुँदा नवदुर्गा गाउँपालिकाबाट नरबहादुर बिष्ट र उत्तरा रोश्यारा छानिएका छन् । गन्यापधुरा गाउँपालिकाबाट चन्द्रादेवी विष्ट चयन भएकी छन् ।
महिला खसआर्य तर्फ पशुरपतिकुमारी बोहरा, जला विष्ट बोगटी, बसन्ती भण्डारी र लक्ष्मी पनेरु सर्वसम्मत भएका छन् । दलित महिला सदस्यमा दिपाकामी सर्वसम्मत भएकी छन् भने जनजातीतर्फ बसन्ती देवी थापा सर्वसम्मत निर्वाचित भएकी छन् ।
डडेल्धुराबाट महाधिवेशन प्रतिनिधीमा आरजू राणा देउवा सर्वसम्मत चयन भएकी छन् । खुला महिलाबाट राणासहित चार महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधी चयन भएका हुन् । सरस्वती खड्का, कौशिला भट्ट र कलावती देवी बोहरा पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएका छन् ।
दलित महिला समावेशी महाधिवेशन प्रतिनिधिमा हरिनादेवी कामी र दलित पुरुष समावेशी महाधिवेशन प्रतिनिधिमा सन्तोष जैरु सर्वसम्मत भए ।
समावेशी जनजाति महाधिवेशन प्रतिनिधिमा बलबहादुर गुरुङ र समावेशी अपांग अल्पसंख्यकतर्फ जय प्रकाश भट्ट सर्वसम्मत भएकाे निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend