काठमाडौं, २९ जेठ । केपी शर्मा ओली नेतृत्वको सरकारले भारतले बलात् कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग नेपालको नक्सामा समेटी संसदबाट निशानछाप परिवर्तनका लागि विधेयक पेश गरिसकेको छ । जुन बिधेयकमा सिंगो संसदको समर्थन देखिएको छ । उक्त बिधेयकका बिरुद्ध भारत माइती भएकी सांसद सरिता गिरीले संशोधन प्रस्ताव दर्ता गरेपछि उनको चौतर्फी बिरोध भएको छ । उनी जुन पार्टीबाट समानुपातिक सांसद भएकी हुन् उक्त पार्टीको नेतृत्वले उक्त विधेयक फिर्ता लिन निर्देशन दिइसकेको छ । विधेयक फिर्ता नलिए कारबाही गर्ने चेतावनी पनि दिइसकेको छ । तर पनि गिरीले नलिने अडान लिंदैआएकी छन् ।
नेपालको ससद र मन्त्री समेत भइसकेकी गिरीले नेपाली भूमि भारतले अतिक्रमण गरी सडक निर्माण गर्दा पनि उक्त भूमि भारतकै हो भनेपछि स्वाभिमानी नेपाली उनीसँग आक्रोसित भएका छन् । तिनै आक्रोसित केही युवाहरुले सरिता गिरीको विशालनगरस्थित घरमा बुधबार कालोझन्डा राखेको सामाचार सार्वजनिक भएको छ । ती युवा कतैबाट परिचालित नभई स्वतःस्फूर्त मातृभूमिको बिरुद्ध बोल्ने गिरीको घरमा आक्रोसित भएर झण्डा राख्न पुगेपछि प्रहरीले उनको घरमा राखेको उक्त झण्डा निकालेको थियो । गिरीको घरमा ढुंगामुढा पनि गरिएको भनिएको छ । तर प्रहरीले भने कालोझन्डामात्र राखिएको र उक्त झण्डा प्रहरीले झिकेको बताएको छ ।
गिरीको घरमा झण्डा राखेको मन्त्रीका पीएले सरकारलाई दोषारोपण गर्दै बिरोध गरेका छन् । ओली सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवका स्वकीय सचिव मनोज यादवले बुधबार लेखेका छन्–‘सरिता गिरीको घरमा तोडफोड गर्ने ओली सरकारका टोले गुण्डालाई चिनिराखम् ।’
मनोज यादव मन्त्रीका पीए हुन् । उनले सकारबाटै मासिक तलवभत्तादेखि गाडी दुरुपयोग गर्दै सरकारलाई गालीगलौज गर्ने छुट पनि पाएका छन् । यही सरकारका मन्त्रीका पीए यादवले आफ्नै सरकारका प्रधानमन्त्री ओलीले टोले गुण्डा खटाएर गिरीको घरमा कालोझण्डा राखेको भन्ने आसयले लेखेका छन् ।