Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • सुडान घोटाला प्रकरणमा पूर्वआईजीपी रमेश चन्द ठकुरी पनि छुटे


    बिहिबार, जेष्ठ २९ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं, २९ जेठ । सुडान घोटाला प्रकरणमा कारागार परेका पूर्वआईजीपी रमेशचन्द ठकुरी आज कारागारमुक्त हुँदैछ । सुडान घोटाला प्रकरणमा संजाय पाएका पूर्वआइजीपीद्धय ओमविक्रम राणा र हेम गुरुङले यसअघि नै कैद भुक्तान गरी छुटिसकेका छन् । चन्द भने कानु्नको नजरमा करिब २ बर्ष छलिंदै २०७६ असार १९ मा मात्र जेल चलान भएका थिए ।

    सुडानको डार्फरमा सुरक्षाकर्मीका लागि आम्र्ड पर्सनल केरियर (एपीसी) लगायत बन्दोबस्तीका सामग्रीमा घोटाला भएको ठहरसहित ठकुरीलाई एक वर्ष जेल सजाय र ४० हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाइएको थियो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको पूर्व फैसला आंशिक उल्ट्याउँदै २०७४ वैशाख १६ गते उक्त सजाय तोकेको थियो । ठकुरी फैसलामा पुनरावलोकन निवेदन दर्ता गर्न भन्दै आफैं उपस्थित भएको बेला गतबर्ष असार १९ मा सर्वोच्च अदालतले फैसला कार्यान्वयनका लागि कारागारमा पठाएको थियो ।

    सुडान घोटाला प्रकरणमा दोषी ठहर भएपछि एक वर्ष कारागार सजाय तोकिएका चन्द २० दिन सजाय छुट पाएर डिल्लीबजारस्थित कारागारबाट मुक्त हुन लागेका हुन् । प्रहरी महानिरीक्षक हुँदा उनीमाथि भ्रष्टाचारको मुद्दा लागेको थियो । त्यसपछि उनलाई पदबाट निलम्बन गरिएको थियो ।

    ठकुरीका पालामा सामान खरिद नभए पनि अन्तिम भुक्तानी उनले दिएको भन्दै अख्तियारले मुद्दा लगाएको थियो । ठकुरीले तत्कालीन एआइजी राजेन्द्रसिंह भण्डारीको सल्लाहमा ओमविक्रम राणाहरुलाई मात्र फसाउन सुडान घोटालामा छानबिन गर्न चासो देखाउँदा उनी पनि फसे । अर्कोलाई पुर्न खनेको खाल्डोमा आफैं परिन्छ भन्ने उक्ति चन्दका हकमा लागू भएको चर्चा प्रहरीमा हुँदैआएको छ ।

    कारागारमा सहनाइके रहेका चन्दले अनुशासन कायम गर्न समेत सहयोग गरेको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीप कँडेलले जानकारी दिएका छन् । सोही बापत उनले २० दिन कैद छुट पाएका हुन् । एपीसी सप्लाई गर्ने ठेकेदार शम्भु भारती भने सेटिङ गरी केही समयमात्र जेल भुक्तान गरी छुटिसकेका छन् ।

    चन्दसहितका ३ पूर्वआइजीपीका अलावा सुडान घोटालामा पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) दीपकसिंह थाङ्देन र पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक श्रेष्ठलाई पनि जेल सजायको फैसला भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार