Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • मिनल पाण्डे भन्छन्- रविन्द्र मिश्रसँग पार्टी एकीकरण गरेर गल्ती गरे, माफ गर्नुस्


    सोमबार, मंसिर ६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझासँग पार्टी एकीकरण गरेर गल्ती गरेकाे भन्दै माफि मागेका छन् ।

    पार्टी एकीकरण गर्दा साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक एजेण्डामा स्पष्ट छलफल नभइ एकीकरण गर्नु नहुने भन्दै बाहिरै बसेका उपाध्यक्ष अजिता राईहरुले नयाँ दल दर्ता गरेपछि बधाई दिँदै उनले त्यसवेला एकीकरण गरेर गल्ती गरेकाे भन्दै माफि मागेका हुन् ।

    विवकेशील र साझा पार्टीबीच २०७७ मंसिरमा एकीकरण हुँदा तत्कालीन उपाध्यक्ष राईसहित १३ जनाले एकीकरण प्रक्रियामा सहभागी नहुने निर्णय गरेका थिए ।

    गल्ती स्वीकार्दै पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदै गर्दा तपाईँहरूले ‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता’ मा अर्को पक्षको विश्वास गर्न सकिँदैन भन्नुभएको थियो । त्यहाँ तपाईंहरू सही साबित हुनुभयो ।’

    छिट्टै संगठनिकरुपमा पनि सँगै हुने बताउँदै उनले भनेका छन्, ‘तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व मैले गरेको हुँदा म तपाईंहरु १३ जनासँग माफी माग्छु । हाम्रो उद्देश्य पवित्र थियो ।’

    आइतबार निर्वाचन आयोगले राई पक्षको नेपाल विवकेशील पार्टी दर्ता भएको प्रमाण पत्र  दिएसँगै त्यसमा प्रतिक्रिया दिँदै पाण्डेले भनेका छन्, ‘तपाईंहरूलाई पार्टी दर्ताका निम्ति धेरै–धेरै बधाई छ । तपाईंहरूले सुसंस्कृत राजनीति, वैकल्पिक राजनीति र विवेकशील आन्दोलनलाई न्याय गर्नुहुनेछ र नेतृत्व गर्नुहुनेछ भन्ने विश्वास छ ।’

    ‘हामी सुसंस्कृत विवेकशील राजनीति गर्दै थियौँ, यसरी लप्पनछप्पन गर्ने कुरा सोच्न सक्ने कुरा भएन’ पाण्डेले भनेका छन्, ‘आखिर राजनीति विश्वास न हो । हामीले विश्वास गर्यौँ ।’ उनले अगाडि भनेका छन्, ‘आज दुःखको कुरा के भयो भने सु–संस्कृत राजनीतिमा अर्को पक्षले लेखेकै र भएकै सहमति मान्नु मेरो गल्ती भयो भन्नुपरेको छ । आज वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा यो परिस्थिति आएको हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार