Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महाधिवेशन: आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन


    सोमबार, मंसिर ६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज सोमबार सुरु हुँदैछ । 

    केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुन लागेको हो । 

    कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ ।  १४ हिमाली जिल्लामा प्रतिनिधिसभा  क्षेत्रीय अधिवेशन पनि सम्पन्न भइसकेको छ ।

    क्षेत्रीय अधिवेशनमा वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले नेतृत्वका लागि मतदान गर्ने छन् । कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार