Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारका प्रर्दशकारीलाई प्रहरीको पानीको फोहरा र लाठी


    बिहिबार, जेष्ठ २९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ, २९ जेठ । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीलाई प्रहरीले पानीको फोहरा प्रहार गरेका छन् । बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि सडकमा प्रदर्शनमा उत्रिएकाहरूलाई उनीहरुलाई प्रहरीले पानीका फोहरा र लाठी हानेका हुन् ।

    प्रर्दशनकारीहरुले विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

    प्रहरीले पानीको फोहोरा र लाठी हानेपछि अहिले प्रदर्शनकारी तितरबितर भएका छन्।

    सरकारले हालै कोरोना रोकथाम र नियन्त्रण गर्न दश अर्ब रुपैयाँ खर्च भइसकेको बताएको थियो। उक्त रकम केमा खर्च भयो भन्ने प्रश्न उठिरहेका छन्। यसअघि मंगलबार पनि केही नागरिकहरूले बालुवाटारमा प्रदर्शन गरेका थिए।

    बुधबार संसदमा सांसदहरूले दश अर्ब केमा खर्च भएको सरकारले पारदर्शी ढंगले जवाफ दिनुपर्ने बताएका थिए।

    उक्त प्रश्नमाथि जवाफ दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोनासँग लड्ने बेला भएको र हिसाबकिताब पछि सार्वजनिक गर्ने बताएका थिए।

    दश अर्बको हिसाब सरकारले देखाउन नचाहेको विरोधमा बालुवाटारस्थित सडकमा प्रदर्शन गरिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार