खोटाङ । खोटाङमा नेपाली कांग्रेस जिल्ला सभापतिका दुई आकांक्षीले सहकार्य गर्ने भएका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापति शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री सर्वधन राई र नेता कृष्णप्रसाद सिटौला निकट महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईबीचमा सहकार्य गर्ने सहमति भएको हो ।
हालसम्म दुबैले जिल्ला सभापतिमा दावी गर्दै आएका थिए । महाधिवेशन प्रतिनिधि भूपेन्द्रले पूर्वराज्यमन्त्री सर्वधनलाई सभापतिमा सहयोग गर्ने सहमति भएको स्राेत जनाएको छ । दुई पक्ष जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य तथा संघीय महाधिवेशन प्रतिनिधि टुंग्याउन छलफलमा जुटेको छ । क्षेत्रीय कार्यसमिति (प्रदेश क र ख)को मत परीणामपछि सभापतिका दुई आकांक्षी एक ठाउँमा आइपुगेका हुन् ।
रामचन्द्र पौडेल निकट पूर्वसभापति विष्णुकुमार राई र देउवा निकट महासमिति सदस्य रवीप्रकाश राई पनि कांग्रेसको जिल्ला सभापतिको दौडमा छन् । महाधिवेशन प्रतिनिधि राईले पूर्वराज्यमन्त्री राईलाई समर्थन गर्ने भएपछि अब सभापतिका आकांक्षी तीन जना बाँकी छन् । पूर्वसभापति राईलाई वर्तमान सभापति नरेश श्रेष्ठ र शेखर कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको पनि समर्थन छ ।
निर्वाचन तालिका प्रकाशन
कांग्रेसको जिल्ला अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन तालिका प्रकाशन गरेको छ । सोमबार बिहान ८ बजेदेखि ८.३० बजेसम्म मतदाताको नामावलीमा दावी बिरोध, बिहान ९.३० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयपत्र दर्ता, दिउँसो २ बजेसम्म उम्मेदवारको प्रथम नामावली प्रकाशन, दिउँसो २.३० बजेसम्म उम्मेदवारको नामावली उपर दावी बिरोध, दिउँसो ४ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका प्रकाशन गरेको छ ।
मतदान मंगलबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend