Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • कोरोना कहर: भारतमा मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो


    बिहिबार, जेष्ठ २९ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, २९ जेठ। नोबेल कोरोना भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या आठ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ हजार १०२ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३५७ जनाको मृत्यु भएको छ ।

    त्यस्तै अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि भारतमा दुई लाख ८५ हजार ५७९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका नौ हजार ९९६ पुगेको छ ।

    २९ जेठ, काठमाडौं । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका ९४ हजार ४१ संक्रमित फेला परेका छन् भने तीन हजार ४३८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

    त्यस्तै तामिलनाडुमा अहिलेसम्म ३६ हजार ८४१ संक्रमित फेला परेका छन् भने ३२६ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ३२ हजार ८१० जना संक्रमित भेटिँदा ९८४ जनाको मृत्यु भइसकेको छ । गुजरातमा २१ हजार ५२१ संक्रमित फेला परिसकेका छन् भने एक हजार ३४७ जनाको मृत्यु भइसकेको छ ।

    त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म ११ हजार ६१० संक्रमित फेला परेका छन् भने ३२१ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा नौ हजार ३२८ संक्रमित भेटिएका छन् भने ४३२ जनाको मृत्यु भइसकेको छ । बिहारमा पाँच हजार ७१० संक्रमित फेला परेका छन् भने ३३ जनाको मृत्यु भइसकेको छ ।

    अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ४१ हजार २९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार