Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको अध्यक्षमा भीम रावलले उम्मेदवारी दिने, ओलीलाई सर्वसम्मत हुन नदिने


    आइतबार, मंसिर ५ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एमालेको दसौं महाधिवेशनमा केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने योजना डा. भीमबहादुर रावलले तु्हाइदिने भएका छन् । चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने एमाले महाधिवेशनमा रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दैछन् । उनले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी घोषणा गर्न गर्ने भएका छन् । रावलका सहयोगी एकिन्द्र कुँवरले रावलले विशेष पत्रकार सम्मलेनमार्फत् अध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

    रावलले टीम बनाएरै चुनाव लड्ने तयारी गरेका छन् । एमालेमा अध्यक्ष ओलीले दस बुँदे सहमति पालना गर्ने भने पनि महाधिवेशन प्रतिनिधि चयनमा उनीहरुलाई आउनै नदिने रणनीति अपनाए । दस बुँदे सहमतिका साथ एमालेमा समाहित भएका पार्टीका उपाध्यक्ष भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्तहरुका समर्थकलाई देशभरबाट प्रतिनिधि आउनै रोकिएको छ ।

    दस बुँदे समर्थकहरु आउने ठाउँमा पार्टी सदस्यता नै रातारात थप गर्ने, चुनाव गराउने भन्दै तर्साएर प्रतिनिधि नै आउन रोक लगाएका छन् । ओलीले २०७७ पुस ५ पछि थपेका सदस्यताका आधारमा महाधिवेशन प्रतिनिधि चयन गरिएकाले यो पटक दस बुँदेवालाहरु ओलीको कृपामा बाहेक चुनाव जितेर नेतृत्वमा आउने संभावना समाप्त भएको छ । रावल र भूसालले ओलीलाई सर्वसम्मत अध्यक्ष हुन नदिनका लागि मात्र उम्मेदवारी दिन लागेको देखिन्छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार