तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्र प्रदेशसभा अधिवेशनको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले प्रदेश (क) मा नारायण सुब्बालाई निर्वाचित गरेको छ । सुब्बाले २१३ मत पाउँदा प्रतिद्वन्द्वी कमल बानियाँले १९२ प्राप्त गरे । २१ मत अन्तरले निर्वाचित भएका सुब्बाको प्याानल नै निर्वाचित भएको छ ।
उपसभापतिमा डिल्लाराम रेग्मीले २७६ र प्रलाल्द खड्काले २७४ मतले निर्वाचित भएका छन् । त्यस्तै सचिवमा राजकुमार नेपाल २४७ र सन्जिब पौडेल २३१, सहसचिवमा धनश्याम पौडेलले २९० र तुलसी भट्टराई २२४ मतले निर्वाचित भएका छन् । कुल ४२४ मतमध्ये ४०८ मत खसेको थियो । जसमध्ये ४०५ सदर र ३ मत बदर भएको निर्वाचन सहायक अधिकृत प्रकाश ढुङ्गानाले जानकारी दिए ।
त्यस्तै प्रदेशसभा (ख) अन्तर्गत भएको निर्वाचनमा भुवान सिंह चोङबाङ निर्वाचित भएका छन् । १७० मत ल्याएर निर्वाचित चोङबाङको प्यानलै विजयी भयो । उनका प्रतिद्वन्द्वी चन्द्र मादेम्बाले १११ मत ल्याएका थिए ।
त्यस्तै उपसभापतिमा पुण्यप्रसाद भटुवाल १६१ र रामबहादुर लिम्बु १६८ मतका साथ निर्वाचित भए । सचिवमा कृष्णप्रसाद बास्कोटा १८३ र तेजप्रकाश लिम्बु १७३ मतसहित विजयी भए । त्यस्तै सहसचिवमा जगबहादुर कटुवाल १९६ र विनयकुमार सुब्बाले १९३ मत ल्याएर निर्वाचित बने ।
कुल ३०९ मतमा २८६ मत खसेको थियो । खसेको मतमा २८१ सदर र ५ मत बदर भएको जिल्ला निर्वाचन अधिकृत लक्ष्मण रन्जितले जानकारी दिए ।
अधिवेशनमा प्रदेश सभा (क) अन्तर्गत म्याङलुङ नगरपालिकाबाट १७६, लालिगुराँस नगरपालिकाबाट १५१ र छथर गाउँपालिकाबाट ९७ जना गरी चार सय २४ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् ।
त्यस्तै प्रदेशसभा (ख) आठराई गाउँपालिकाबाट ११८, फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट १०६ गरी ३०९ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् । प्रदेशसभा अधिवेशनमा कुल ७३३ जना क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका थिए । प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत तेह्रथुमको (क) र (ख) बाट सभापति १, उपसभापति २, सचिव २, खुल्ला महिला ३, खुल्ला पुरुष ७ सदस्य रहने छन् ।
त्यस्तै समानुपातिक तर्फबाट खस महिला १, जनजाति महिला १, खस आर्य खुल्ला १, आदिवासी खुल्ला २, दलित १, मधेसी,अल्पसंख्यक तथा मुस्लिमबाट १, आपाङ्ग १ गरी २५ सदस्य कार्यसमिति निर्वाचित भएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend