Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ७५ मध्ये ७० वडामा माओवादी अधिवेशन, नतिजा आउँदै


    आइतबार, मंसिर ५ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • उदयपुर। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र उदयपुरको शनिवार वडा अधिवेशन ७० वडामा सम्पन्न भएको छ । उदयपुरको आठ स्थानीय तहको ७५ वडा मध्ये ७० वटामा अधिवेशन भएको हो । 

    देशभरी एकैदिन वडा अधिवेशन गर्ने पार्टी निर्देशनअनुसार उदयपुरका ७५ वटै वडामा अधिवेशन गर्ने तयारी गरिए पनि प्राविधिक कारणले पाँच वटामा भने आइतबार गर्नुपर्ने भएको छ । पार्टी जिल्ला समन्वय कमिटी अध्यक्ष विनोद कटुवालकाअनुसार शनिबार सबै वडामा एकैदिन अविधेशन गर्ने तय भए पनि प्राविधिक कारणले पाँच वटा वडामा आइतवार गर्ने तय भएको छ । 

    पाँच वटा बाहेक जिल्लाका सबै वडामा अविधेशन भएको र कतिपयमा सर्वसम्मत नेतृत्व चयन भइसकेको जानकारी आएको अध्यक्ष कटुवालले बताए । कटारी नगरपालिकाको २ र  त्रियुगाका ४ वटा वडामा आइतबार गर्ने गरी अविधेशन स्थगित गरिएको उनले बताए । 

    सदरमुकाम भएकाले सब भन्दा महत्वपूर्ण मानिने त्रियुगा नगरपालिका ११ नंं वडाको अधिवेशन साँझ सम्पन्न भएको छ । अधिवशेनले आयोजक कमिटीकै संयोजक. रहेका शिवकुमार खड्काको अध्यक्षतामा २९ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । उपाध्यक्षमा राम बराईली, सचिव सोनामसिंह दनुवार, सहसचिव मनिषा राई र कोषाध्यक्षमा बिमला बस्नेत छानिएका छन् । 

    अधिवेशनले ९ जना नगर प्रतिनिधि र पुराना बामपन्थी विश्वेश्वर राईको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार कमिटी पनि गठन गरेको छ । त्यस्तै २ जना जेष्ठ नागरिक प्रतिनिधिको पनि चयन गरेको पार्टीले जनाएको छ । 

    लिमचुङबुङ गाउँपालिका ४ बलम्तामा सम्पन्न.अधिवेशनले गणेश राईको नेतृत्वमा सर्बसम्मत कमिटी चयन गरेको पार्टीका गाउँपालिका अध्यक्ष होम किरातीले बताए । उनका अनुसार अन्य वडाहरु १ नंं. बाँसबोटे, २ ताम्लिछा, ३ बाराहा र ५ जाँतेमा अधिवेशन सम्पन्न भएको जनाएका छन । 

    ५ नं. वडा जाँतेमा भने अध्यक्षका आकांक्षी आधा दर्जन बढी देखिएपछि नेतृत्व चयन हुन ढिला भइरहेको छ । गाउँपालिका कमिटी सदस्य दिनेश राईकाअनुसार त्यहाँ ८ जनाले अध्यक्षमा दाबी गरिरहेका छन् । अन्य गाउँपालिकाहरु उदयपुरगढीका ८ वडामध्ये ६ बाहेक सबैमा कमिटी सर्बसम्मत गठन भइसकेको छ । रौताका ८, ताप्लीका ५ वडामा पनि अधिवेशन चलिरहेको खबर प्राप्त भएको छ ।

    कटारी नगरपालिकाका १४ मध्ये १३ वडाको अधिवेशन चलिरहेको र कमिटी चयनको नतिजा आउन बाँकी रहेको छ । चौदण्डीगढीका १० तथा बेलका नगरपालिकाका ९ वटा सबै वडामा अधिवेशन चलिरहेको छ । सबै नतिजा आज आउने अध्यक्ष कटुवालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार