खोटाङ । नेपाली कांग्रेसको जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि गाडी रिजर्भ गरेर दिक्तेल भित्रिन थालेका छन् । ६ मंसिरमा हुने जिल्ला अधिवेशनका लागि विभिन्न पालिकाका क्षेत्रीय प्रतिनिधि जिप तथा बस रिजर्भ गर्दै दिक्तेल आउन थालेका हुन् ।
बराहपोखरी, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका सयौं क्षेत्रीय प्रतिनिधि शनिबार साँझ ६ वटा रिजर्भ बसमा कांग्रेसको झण्डा फहराउँदै दिक्तेल भित्रिएका छन् । क्षेत्रीय कार्य समिति (प्रदेश ख) को अधिवेशनका लागि खोटेहाङ गाउँपालिकाको सिमपानीमा भेला भएका बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाका क्षेत्रीय प्रतिनिधि घर नफर्की सिधै जिल्ला अधिवेशनका लागि दिक्तेल पुगेका हुन् ।
क्षेत्रीय प्रतिनिधि बोक्न सिमपानी–दिक्तेलका लागि प्रतिवटा ३५ हजारमा बस रिजर्भ गरिएको कांग्रेस बराहपोखरी गाउँपालिकाका सभापति खिलाराज राई (दीपक)ले बताए ।
क्षेत्रीय प्रतिनिधि बोक्नका लागि बराहपोखरीबाट सिमपानीसम्म पुग्न प्रतिवटा १५ हजारमा दुई वटा जिप रिजर्भ गरिएको थियो । जन्तेढुंगाबाट प्रतिवटा १५ हजारमा पाँच वटा जिप रिजर्भ गरेर सिमपानी पुगेका क्षेत्रीय प्रतिनिधिलाई दुई वटा बस रिजर्भ गरेर दिक्तेल पुर्याइएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।
बाइकबाट यात्रा गर्ने क्षेत्रीय प्रतिनिधि बाहेक अधिकांशलाई दिक्तेल लैजान गाडी रिजर्भ गरिएको जनाइएको छ । क्षेत्रीय प्रतिनिधिबाट पर्सनल खर्च उठाएरै गाडी रिजर्भ गरिएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष सालिकराम बञ्जरा बताउँछन् ।
दिक्तेलबजारका होटेल भरिभराउ
कांग्रेसको क्षेत्रीय प्रतिनिधि भित्रिएपछि दिक्तेलबजारका होटेल भरिभराउ भएका छन् । होटेलका अधिकांश कोठा बुकिङ गरिएका छन् । क्षेत्रीय प्रतिनिधिलाई क्षेत्रीय कार्य समितिले खाना र बासको व्यवस्था मिलाएको छ । पेय पदार्थका लागि भने आफैले खर्च गर्नु पर्ने छ ।
जिल्ला सभापतिमा चार आकांक्षी
कांग्रेसको जिल्ला सभापतिका लागि पूर्व राज्यमन्त्री सर्वधन राई, पूर्व सभापति विष्णुकुमार राई, महासमिति सदस्य रबीप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई आकांक्षा देखिएका छन् ।
पूर्व राज्यमन्त्री सर्वधन र महासमिति सदस्य रबीप्रकाश केन्द्रमा सभापति देउवासँग नजिक मानिन्छन् । पूर्व सभापति विष्णुकुमार पौडेल र महाधिवेशन प्रतिनिधि भूपेन्द्र सिटौलासँग नजिक मानिन्छन् ।
(क्याप्सन : जिल्ला अधिवेशनका लागि रिजर्भ बसमा दिक्तेल आइपुगेका कांग्रेस क्षेत्रीय प्रतिनिधि ।)
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend