काठमाडौँ, २८ जेठ । आज थप २ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा . जागेश्वर गौतमले २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
आज डिस्चार्ज हुने ९० जना सहित डिस्चार्ज हुनेको संख्या ६७४ पुगेको छ भने मृत्यु हुनेको संख्या १५ पुगेको छ ।