Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी ८ मुलुक, जहाँ कोरोना शुन्यमा झरेको घोषणा !


    बुधबार, जेष्ठ २८ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी, २८ जेठ । चीनबाट उत्पत्ति भई विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण विश्वभर ४ लाख बढी मानिसहरूले ज्यान गुमाइसकेका छन् । हालसम्म संक्रमितको संख्या ७३ लाख बढी पुगेको छ।

    कोरोना रोकथामका लागि थुप्रै देशले लामो समयसम्म लकडाउन गरे।

    लकडाउन कडाइका साथ लागु हुँदा कयौं मुलुकले कोरोना नियन्त्रणमा सफलता हात पारेका छन्।

    फलस्वरूप पछिल्ला दिनमा केही मुलुकमा कोरोना संक्रमण शून्यमा झरिरहेको खबर बाहिरन थालेको छ।

     

    दुई दिन अगाडिमात्र न्यूजिल्याण्डले आफ्नो मुलुकमा कोरोना संक्रमण शून्यमा झरेको घोषणा गरेको थियो।

    कोरोना संक्रमण र संक्रमित संख्या शून्यमा झरेको घोषणा गर्ने न्यूजिल्याण्ड एक्लो मुलुक हैन।

    न्युजिल्याण्डबाहेक अन्य ८ मुलुकले आफ्नो मुलुकमा कोरोना संक्रमण शून्यमा झरेको घोषणा गरेका छन्।

    यसरी कोरोना शून्यमा झरेको घोषणा गर्ने मुलुकमा न्युजिल्याण्ड, तान्जानिया, भ्याटिकन, फिजी, मोन्टेनेग्रो ,सिसिली, सेन्ट किट्स एण्ड नेभिस, टिमोर लिस्टे र पपुवा न्यू गिनिया रहेका छन्।

    न्युजिल्याण्डमा यस अवधिमा १५ सय जना संक्रमित फेला परे भने २२ जनाको ज्यान गएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार