काठमाडौं । लकडाउन भएको ७५ दिन नाघिसक्दा पनि ब्यापार गर्न नपाएपछि न्यूरोडका साना व्यापारीहरू सडकमा उत्रिएका छन् । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि लकडाउन गरेका कारण साना ब्यापारीहरु सबैभन्दा बढी मारमा परेको भन्दै न्यूरोड क्षेत्रमा प्रदर्शनमा उत्रिएका छन् ।
लकडाउनको समेत पर्वाह नगरी उनीहरु सडकमा उत्रिएका छन् । बुधबार न्यूरोडमा ठूलो संख्यामा व्यापारीहरू सडकमा उत्रिएर सरकारको बिरोध गर्न थालेपछि प्रहरीहरूको तैनाथी पनि बढाइएको छ ।
व्यापारीहरूले ‘हाम्रो चुलो बाल्ने वातावरण बनाइदे सरकार’, ‘रहरले होइन, बाध्यताले आएका हौं’लगायतका नारा अंकित प्लेकार्ड बोकेर सडकमा आएका छन् ।