Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • भलिबल सङ्घद्वारा स्वास्थ्य सामग्री सहयोग


    बुधबार, जेष्ठ २८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, २८ जेठ । नेपाल भलिबल सङ्घले नेपाल चिकित्सक सङ्घलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको महामारीका बेला अग्र भागमा रही काम गर्दै आएका स्वास्थ्यकर्मीका लागि भलिबल सङ्घले सामग्री सहयोग गरेको हो ।

    सहयोग गरिएका सामग्रीमा मास्क र फेस सेल्डर रहेका छन् । चिकित्सक सङ्घको कार्यालय प्रदर्शनी मार्गमा आज आयोजित कार्यक्रममा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा र राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले चिकित्सक सङ्घका अध्यक्ष लोचन कार्कीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो । भलिबल सङ्घले एन ९५ मास्क एक हजार थान हस्तान्तरण गरेको महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

    यसैगरी पुल्चोक इन्जिनीयरिङ एल्मुनाई एसोसिएशनले पनि सो अवसरमा चिकित्सक सङ्घलाई पाँच सय थान एन ९५ मास्क हस्तान्तरण गरेको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार