काठमाडौं । विश्वब्याापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालमा पनि भयावह रुप लिन थालेको छ । एक हप्तामा २ हजारको संख्यामा संक्रमित थपिएका छन् । भारतबाट फर्किनेहरुको चापसँगै कोरोना संक्रमण नेपालका प्रायः सबै जिल्लामा फैलिन पुगेको छ ।
पहिलो पटक २०७६ माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । आज जेठ २७ गते १३८ दिनसम्म आईपुग्दा नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ भने कोरोनाकै कारण १५ जनाले ज्यान गुमाइसकेका छन् ।
नेपालमा हालसम्म ७२ वटा जिल्लमा कोरोना संक्रमण फैलिएको छ । ४ हजार ८५ संक्रमितमध्ये ५८५ जना निको भएर घर फर्केका छन् । ५ वटा जिल्लामा मात्र अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।
कर्णाली प्रदेशको हुम्ला, गण्डकी प्रदेशका मुस्ताङ, मनाङ, बागमती प्रदेशको रसुवा र प्रदेश २ को ओखलढुंगामा हालसम्म संक्रमित भेटिएका छैनन् ।