Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • संविधान संशोधन विधेयकमाथि संसदमा छलफल


    मंगलबार, जेष्ठ २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, २७ जेठ । प्रतिनिधिसभा संसदमा संविधान संशोधनबारे दर्ता भएको विधेयकमाथि छलफल सुरू भएको छ।

    मंगलबारको बैठकमा लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटिएको अद्यावधिक नक्सा संविधानको निशान छापमा राख्ने विधेयकमाथि छलफल भएको हो।

    सभामुख अग्निप्रसाद सापकोटाले विधेयकमाथि सामान्य छलफल प्रारम्भ भएको जानकारी गराएका छन्। विधेयकमाथि सैद्धान्तिक पक्षमा रहेर सांसदले बोल्न पाउनेछन्।सांसदलाई बोल्न तीन मिनेटको समय दिइएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार