Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेकपा सचिवालयको बैठक स्थगित


    मंगलबार, जेष्ठ २७ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, २७ जेठ। मंगलबारका लागि निर्धारण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंगलबार अपरान्ह ४ बजे बस्ने गरी तय भएको बैठक स्थगित भएको हो।बैठक किन स्थगित गरिएको भन्ने समेत जानकारी नभएको भन्दै प्रवक्ता श्रेष्ठले अर्को बैठक कहिले बस्ने भन्ने पनि थाहा नभएको बताए ।

    गत शनिबार प्रधानमन्त्री तथा अध्यक्ष समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलपछि मंगलबार बैठकको मिति तय भएको थियो ।

    आजको बैठकमा अमेरिकी विकास सहयोग परियोजना (एमसीसी)का बारेमा छलफल हुने तयारी थियो ।

    नेताहरुले बैठक स्थगित के कारणले भएको हो भन्ने नखुलाएपनि संसदको कार्यसूची लम्बिएका कारण पार्टी बैठक पनि स्थगित गरिएको हुनसक्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार