फाइल फोटो
काठमाडौं, २७ जेठ। नयाँ वानेश्वरमा व्यापार व्यवसायी संघले व्यवसाय गर्ने सहज वातावरण नबने आन्दोलन गर्ने चेतावनी दिएका छन् । नयाँ वानेश्वर व्यापार व्यवसायी संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई आन्दोलनको चेतावनी दिएको हो ।
वैज्ञानीक घर भाडा निर्धारण, लकडाउन अवधिको घरभाडा छुट, बैंक तथा बित्तिय संस्थाको ऋण मिनाहा, सरकारलाई तिर्नुपर्ने विविध कर र बालबच्चाको विद्यालय शुल्क तथा व्यापारी व्यवसायीहरुको व्यवसाय सुचारु गर्न विशेष आर्थिक प्याकेज घोषणा गर्न संघले माग राखेको छ ।
यि मागहरु पुरा नभए आन्दोलनमा जान बाध्य हुने संघका अध्यक्ष रामशरण गिरीले जानकारी दिए । ‘यस्तो विषम परिस्थितीमा कतिपय व्यापारी तथा व्यावसायी साथीहरु आफ्नो व्यवसायबाट पलायन पनि भैसकेका छन्’ अध्यक्ष गिरीले भने, ‘घरबेटीलाई दिनु पर्ने घरभाडा, बैकको ब्याज, सरकारलाई तिर्नुपर्ने कर, स्थानीय निकायलाई तिर्नु पर्ने व्यवसाय कर, बालबच्चाको विद्यालय शुल्क जस्ता विषयमा सरकारबाट कुनै पनि सम्बोधन नगरेकाले बाध्य भएर हामी साना तथा मझौला व्यवसायीहरुले आफ्नो व्यवसायको ताला चावी सरकारलाई बुझाउने अवस्था आइसकेको छ ।’
तत्काल माग पुरा नभए चरणवद्ध आन्दोलन घोषणा गरिने उनले बताए ।