Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • एमाले बाँकेले महाधिवेशन प्रतिनिधि छान्यो , मधेशी र थारु छुटाएकोमा विराेध


    आइतबार, कार्तिक २८ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नेपालगञ्ज । नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनका लागि बाँकेबाट सर्वसम्मत प्रतिनिधि छनौट भएको छ । जिल्लास्थित पालिका कमिटी, वडा कमिटी र जिल्ला कमिटी सचिवालय सदस्यहरूको म्यान्डेटको आधारमा नेतृत्वले सर्वसम्मत प्रतिनिधि छानेको हो ।

    एमाले बाँकेका उपसचिव प्रमोद धितालले दिएको जानकारीअनुसार क्षेत्र नम्बर १ बाट देवराज भार, सूर्य ढकाल, प्रेम भुसाल, बसन्ती अधिकारी र भारती खनाल छनौट भएका छन् ।

    यसैगरी, क्षेत्र नम्बर २ बाट पार्टी जिल्ला अध्यक्ष निरक गुरुङ, अशोक कर्माचार्य, हलिम शाह, बिजया धिताल छानौट भएका छन् । क्षेत्र नम्बर ३ बाट पार्टी उपाध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री, घननाथ खनाल र भूमिसरा धिताल प्रतिनिधि चयन भएका छन् । 

    बाँकेमा थारु र मधेशी बाहुल्यता क्षेत्र भएको अवस्थामा पार्टी महाधिवेशनको प्रतिनिधि छनौट प्रकृयामा मधेशी र थारुलाई किनारा लगाएर प्रतिनिधि छनौट गरिएको भन्दै केही असंतुष्टि देखा परे पनि आफुहरूलाई प्राप्त म्यानुडेट नुसार समानुपातिक तरिकाले छनौट गरेकाे अध्यक्ष निरक गुरुङ्गले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार