Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागू औषधसहित एक युवक पक्राउ


    मंगलबार, जेष्ठ २७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी, २७ जेठ । सप्तरीमा लागुऔषधसहित एक युवक सोमबार पक्राउ परेका छन्। विष्णुपुर गाउँपालिका–१ खुरहुरियाबाट ठूलो परिमाणको लागुऔषधसहित २२ वर्षीय अनिलकुमार मण्डल सोमबार पक्राउ परेका हुन्।

    मण्डल हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदह बस्दै आएको प्रनाउ तिलक भारतीले बताए।

    पक्राउ परेका उनको साथबाट एस्पोन्जमो प्रोक्सोभोन प्लस नामका तीन हजार १६८ क्याप्सुल, डिलक्स डिसी १०० एमेलका २८ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ।

     

    प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा खुरहुरियाबाट उनलाई पक्राउ गरिएको हो।

    बा६७प ४८५३ नंको मोटरसाइकलमा लोड गरी दक्षिणबाट उत्तरतर्फ ल्याउँदै गरेको बोरा शङ्का लागि जाँच गर्दा प्रतिबन्धित लागुऔषध बरामद गरिएको हो।

     

    पक्राउ परेका उनलाई सप्तरी जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार