Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी प्रदेशमा १२ जनामा कोरोना संक्रमण


    मंगलबार, जेष्ठ २७ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमित थपिने क्रम बढिरहेको छ । भारतबाट आउने नेपालीको चापसँगै नेपालमा संक्रमण बढेको बढ्यै छ । यसैक्रममा भारतसँग सीमा नजोडिएको गण्डकी प्रदेशमा पनि संक्रमण बढिरहेको छ । गण्डकी प्रदेशमा आज बिहानमात्रै थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १४४ पुगेको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु ४० देखि १८ वर्ष उमेर समूहका छन् । संक्रमितहरु सबै पुरुष रहेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

    यस्तै बाग्लुङ बरेङ गाउँपालिकामा ८ जना र निसीखोला गाउँपालिकामा ४ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । म्यादीको बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार