Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेसबुकमा जनप्रतिनिधिको आलोचना गर्दा वडाको सेवा नै प्रतिबन्ध


    शनिबार, कार्तिक २७ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दाङ।सल्यानकाे बागचौर नगरपालिका-४ का वडाध्यक्ष प्रेमबहादुर पुनले अनाैँठाे निर्णय लिएका छन् । आफ्नाे र वडाकाे आलाेचना गरेकाे भन्दै उनले स्थानीय दिलबहादुर केसीलाई सेवा बञ्चित गरेका हुन् ।

    ‘केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष र वडा सदस्य लगायत जनप्रतिनिधिहरुलाई ‘छोटे राजा’को संज्ञा दिएको हुँदा उनलाई वडाबाट दिइने सेवा सुविधानबाट बञ्चित गरिएकाे छ । केसीले कमजोरी नसच्याउँदासम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुमा प्रतिबन्ध लगाइएको छ.’ वडाले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

    पुन नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्  भने केसी पनि माओवादी केन्द्रकै कार्यकर्ता हुन् ।

    के हो घटना 

    घटना बिवाहसँग जाेडिन्छ । केसीका भाइले सात महिना अघि गाउँकै एक जना वर्षीया किशोरीसँग बिवाह गरेका थिए । किशोरी साेही वडाका वडा सदस्यका आफन्त हुन् ।

    तर आफ्ना भाइविरुद्ध बलात्कारको मुद्दामा फसाउने षड्यन्त्र भएकाे भन्दै केसी वडासँग रुष्ट भएका थिए ।  ‘विवाह भएको कुरा वडाध्यक्ष लगायत सबैलाई थाहा थियो । विवाह हुँदा नखोज्ने तर सात महिनापछि बलात्कारको मुद्दा हाल्न लगाउनु कति जायज हो,’ केसीले भने ।

    कानुनी रुपमा २० बर्षभन्दा कम उमेरमा विवाह गर्न पाइँदैन । तर, सांस्कृति रुपमा विवाह सम्पन्न भइसकेपछि कसैलाई फसाउन खोज्नु गलत भएको केसीले दाबी छ ।  न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार