Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सार्वजनिक सवारी सुचारु गर्ने सरकारको तयारी


    सोमबार, जेष्ठ २६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • फाइल फोटो

    काठमाडौं, २६ जेठ । सावधानी अप्नाएर सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरेको छ । भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारीमा सरकार जुटेको छ।

    यातायात मन्त्रालयका स्रोतका अनुसार सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने गरिको नयाँ निर्देशिका तयार भएकाले सवारी सञ्चालकलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिएको हो ।

    यातायात व्यवस्था विभागका विभागका महानिर्देशक गोगनबहादुर हमालले यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरि निर्देशिका लगभग तयार गरिएको जानकारी दिए ।

    प्रस्तावित मापदण्डअनुसार सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्रै यात्रु चढाइनेछ । सिट क्षमताको आधाभन्दा बढी यात्रु चढाए कारवाही हुनेछ । यसबारे ट्राफिक प्रहरीले नियमत अनुगमन गर्ने छ ।

    त्यसैगरी सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने छन् । यात्रुले आफैंले स्यानिटाइजर बोकेको हुनुपर्ने र मास्कको प्रयोग अनिवार्य गर्नुपर्नेछ ।
    दैनिक रुपमा गाडीमा डिस-इन्फेक्सन स्प्रे छर्किनु पर्ने, यात्रुले गाडी कुर्दा तथा गाडीको प्रयोग गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने लगायतको प्रस्ताव गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार