Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश २ मा थप १७४मा कोरोना संक्रमण पुष्टि


    सोमबार, जेष्ठ २६ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सर्लाही, २६ जेठ । प्रदेश २ मा सोमबार मात्रै १७४ जना व्यक्तिमा कोरोना पुष्टि भएको छ। योसँगै त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १३२३ पुगेको छ ।

    स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ प्रशासकीय अधिकृत विजय झाका अनुसार प्रदेश २ को विभिन्न ६ वटा जिल्लामा गरी आज एकै दिन १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    जसअनुसार सर्लाहीमा मात्र १२० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। त्यस्तै सप्तरीमा १६ जनामा पुष्टि भएको झाले बताए। त्यस्तै रौतहटमा ११ जना, महोत्तरीमा १२ जना, पर्सामा ८ र बारामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

     

    सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपनि यसको सम्बन्धमा अहिलेसम्म आफूहरुलाई रिपोर्ट नभएको झाले बताए।

    अधिकांश संक्रमितहरु भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेको जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार