Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आरडिटी परीक्षणमा पोजेटिभ रिपोर्ट देखिएकी सुत्केरी महिलाको मृत्यु


    सोमबार, जेष्ठ २६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर, २६ जेठ । भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्युपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।

    भक्तपुरका डिएसपी दीपक गिरीका अनुसार आइतबार साँझ सिन्धुपाल्चोक घर भई चाँगुनारायण नगरपालिका ३ झौखेल बस्दै आएकी सुत्केरीको मृत्यु भएको हो।

    ‘हिजो सुत्केरी महिलाको मृत्यु भएको थियो,’उनले भने,’त्यसैले अहिले अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरेको छ।’

     

    हिजै भर्ना भएकी ती महिलाको डेलिभरी भने सामान्य तरिकाले नै भएको उनले बताए। शिशुको अवस्था भने सामान्य रहेको उनले जानकारी दिए।

    ‘सामान्य तरिकाले नै डेलिभरी भएको तर केही समयपछि मृत्यु भएको खबर आयो,’उनले भने। उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

     

    मृत्युपछि ती सुत्केरीको स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। उनको रिपोर्ट भने आउन बाँकी रहेको डिएसपी गिरीले बताए।

    सुत्केरीको शव भने अहिले अस्पतालमै राखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार