काठमाडौं, २६ जेठ। कैलालीस्थित नेपाल–भारत सीमामा सशस्त्र प्रहरी बलको एउटा युनिटका कमाण्डर मातहतका कर्मचारीबाट कुटिएका छन् । नेपाल–भारत सीमा भुइयाफाँटा बोर्डर आउट पोष्ट (बीओपी) मातहत रहेको अस्थायी चेक पोष्ट, बड्किपलिघाटका प्रमुख सई रामबहादुर टेर र हवल्दार दौलतसिंह धामी कुटिएका हुन् ।
सशस्त्र प्रहरी बल स्रोतले त्यहीँ कार्यरत सशस्त्र प्रहरी जवान जितेन्द्रप्रसाद भट्ट र दिपक बोगटीले शनिबार साँझ उनीहरुलाई कुटपिट गरेको जनाएको छ । घटनामा ६ जना घाइते भएका छन् ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भएको छ भने अहिले अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रविण श्रेष्ठले बताए । कुटपिट हुन थालेपछि छुट्टयाउन गएका पनि घाइते भएका हुन् ।