Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोरोनाबाट मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० जनामा संक्रमण पुष्टि


    सोमबार, जेष्ठ २६ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, २६ जेठ। कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका एक युवकको सम्पर्कमा आएका अर्घाखाँचीका ३० जनामा संक्रमण पुष्टि भएको छ ।

    अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थिए ।अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

    घर फर्कने क्रममा भारतमै मृत्यु भएका युवकको कपिलवस्तु ल्याएर पोस्टमाटर्म गरिएको थियो । पोष्टमार्टमका क्रममा उनको स्वाब संकलन गरी भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । तर कोरोना संक्रमणको रिपोर्ट आउनु अगाडि नै मृतकको अन्त्येष्टि समेत गरिएको थियो ।

    मृतकमा कोरोना संक्रमण पुष्टि भएपछि भारतबाट सँगै आएका, मृतकको शव बोकेका र उनको सम्पर्कमा रहेका ५० जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । उनीहरु मध्ये ३० जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै मृतकको सम्पर्कमा नआएका अर्का एक जनामा पनि संक्रमण पुष्टि भएका छ । संक्रमित हुनेमा सन्धीखर्क नगरपालिकाका २९ जना, शितगंगा नगरपालिका र पाँडिनी गाउँपालिकाका एकरएक जना रहेको प्रजिअ पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार