जनकपुरधाम, २६ जेठ । महोत्तरीको क्वारेन्टाइनमा बसेर घर फर्किएका एक पुरुषको मृत्यु भएको छ । कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर गएको एक दिन नबित्दै महोत्तरीमा एक व्यक्तिको मृत्यु भएको छ । शनिबार क्वारेन्टाइनबाट गौशाला नगरपालिका १० बटौलास्थित घर गएका ४० वर्षका पुरूषको आइतबार राति मृत्यु भएको हो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले शनिबार क्वारेन्टाइनबाट घर गएका उनको मृत्यु भएको हो । उनका अनुसार ती व्यक्तिले अत्यधिक रक्सी सेवन गर्दथे
ती व्यक्ति गत जेठ ६ गते भारतको हरियाणाबाट आएका थिए । उनलाई गौशाला नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका ती पुरूषसहित २६ जनाको स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीसहित २० जनालाई घर पठाइएको थियो । प्रमुख जिल्ला अधिकारी कटुवालले उनको मृत्युु रक्सी सेवनले नै भएको जिकीर गरे ।
गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले मृतकको फेरि स्वाब संकलन गरी मृतकको दाहसंस्कार गरिसकेको जानकारी दिए ।