Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना कहर : विश्वभर संक्रमितको संख्या ७० लाख नाघ्यो


    सोमबार, जेष्ठ २६ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, २६ जेठ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० लाख १५ हजार १२८ पुगेको छ ।

    अमेरिकामा सबैभन्दा बढी १९ लाख ४२ हजार ३६३ संक्रमित फेला परेका छन् । त्यस्तै ब्राजिलमा ६ लाख ९१ हजार ७५८ संक्रमित फेला परेका छन् । रुसमा पनि संक्रमितको संख्या चार लाख ६७ हजार ७३ पुगेको छ ।

    विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार लाख दुई हजार ८५२ पुगेको छ । अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख १० हजार ५१४ पुगेको छ भने बेलायतमा कोरोना भाइरसको कारण ४० हजार ६२५ जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा पनि ३६ हजार ४५५ जनाको मृत्यु भइसकेको छ ।

    अहिलेसम्म विश्वभर कोरोना भाइरसका ३१ लाख ४२ हजार ४४० संक्रमित निको भएर घर फर्किसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार