Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा १ कोरोना संक्रमितको मृत्यु


    सोमबार, जेष्ठ २६ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । कोरोना संक्रमणका कारण सोमबार एक जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका कोरोना संक्रमित ६० बर्षीय पुरुषको पोखरामा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो । जेठ २३ मा उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए ।

    अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो । उनलाई आइसोलेसनमा राखिएको थियो । कोरोना संक्रमित ती पुरुष जेठ २२ मा भारतबाट आएको खुलेको छ । सुनौली नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उनलाई उद्धार गरी क्यारेन्टिनमा राखेको थियो । उनी पहिलेबाटै बिरामी रहेका थिए । स्याङ्जाबाट उनकी छोरीको सम्पर्कमा पोखरा पठाएको र पोखराबाटै अस्पताल भर्ना गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार