Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दक्षिण एसियाली राष्ट्रहरुमा कोभिड -१९ को प्रभाव बढ्दो


    सोमबार, जेष्ठ २६ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं,२६ जेठ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक देखिएको छ ।

    दक्षिण एसियाली मुलुकहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित देशका रूपमा देखिएको छ । हालसम्म भारतमा कोरोना सक्रमितको सङ्ख्या दुई लाख ५३ हजार ३२९ भन्दा बढी छ भने पाँच हजार ९ सय ८८ जनाको कोरोना सङ्क्रमणपछि मृत्यु भइसकेको छ ।

    सबैभन्दा कम प्रभावित दक्षिण एसियाली मुलुक भुटान रहेको छ । भुटानमा आइतबारसम्म ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँ हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन ।

    दक्षिण एसिमा दोस्रो बढी प्रभावित मुलुक पाकिस्तानमा कोरोना संक्रमितको सङ्ख्या ९८ हजार ९४३ पुगेको छ भने २ हजार २ जनाले ज्यान गुमाएका छन् । बंगलादेशको अवस्था पनि डरलाग्दो छ ।

    त्यस्तै, बंगालदेशमा ६५ हजार ७६९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८८८ जनाको मृत्यु भएको छ । यसैगरी, अफगानिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ३४२ पुगेको छ भने ३५७ जनाले ज्यान गुमाएका छन् । दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट बढी प्रभावित मुलुकको सूचीमा नेपाल रहेको छ ।

    हालसम्म नेपालमा तीन हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । यस्तै, माल्दिभ्समा अहिलेसम्म एक हजार ९०१ जनामा कोरोना देखिँदा ८ जनाको मृत्यु भएको छ । श्रीलंकामा एक हजार ८१९ संक्रमितमध्ये ११ जनाको मृत्यु भएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार