Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई एशोसिएसनको बधाइ, खरिदमा पारदर्शीता अपनाउन सुझाव


    आइतबार, जेष्ठ २५ २०७७
    3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहसँग छलफल गर्दै एशोसिएसनका पदाधिकारी

    काठमाडौं । नेपाल स्वास्थ्य सर्जिकल तथा मेडिसिन एशोसिएसनले स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलाई भेटेर स्वागत तथा बधाई दिएको छ । एशोसिएसनका अध्यक्ष नवराज बस्नेतको नेतृत्वमा आइतबार विभागमै गएर बधाइ दिइएको थियो । अध्यक्ष बस्नेतले एशोसिएसनको तर्फबाट महानिर्देशक सिंहको कार्यकाल सफलताको कामना गर्नुभयो । कोभिड–१९ को महामारीका बेला औपचारिक कार्यक्रम गर्न संभव नभएकाले सामाजिक दूरी कायम गर्दै विभागमै आएर नवनियुक्त महानिर्देशक सिंहलाई बधाइ दिइएको एशोसिएसनका प्रवक्ता नारायण कार्कीले बताउनुभयो । 

    badhai 2.jpg

    महानिर्देशक डा.दीपेन्द्ररमण सिंहलाई बधाइ दिंदै एशोसिएसनका अध्यक्ष नवराज बस्नेत

    विभागले स्वास्थ्य सामग्री खरिदमा पारदर्शीता अपनाउनुपर्ने र त्यसमा एशोसिएसन सहयोग गर्न तत्पर रहेको उहाँले बताउनुभएको थियो । हालै स्वास्थ्य सेवा विभागमा टेण्डरमा भएका विकृतिहरुका बारेमा संक्षिप्त जानकारी समेत गराइएको थियो । 

    आगामी दिनमा विभागबाट स्वच्छ प्रतिस्पर्धा गराएर स्वास्थ्य सामग्री खरिद गरिने कुरामा महानिर्देशक सिंहले एशोसिएसनको प्रतिनिधिमण्डललाई आश्वस्त पार्नुभएको थियो । महामारीका बेला त्यसको रोकथामका लागि निजी क्षेत्रका अनुभवी ब्यक्तिहरुसँग आवश्यक सरसल्लाह लिई विभिन्न खरिद प्रक्रिया अघि बढाइने बचनबद्धता उहाँले प्रकट गर्नुभएको छ।

    नेपाल स्वास्थ्य सर्जिकल तथा मेडिसिन एशोसिएसन हालै गठन भएको स्वास्थ्य ब्यवसायीहरुको संस्था हो । जसमा १ सय २० भन्दा बढी सदस्य रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार