Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • नेपालमा थप २१३ मा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३४४८ पुग्यो


    आइतबार, जेष्ठ २५ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, २५ जेठ । नेपालमा २१३ जना कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ। तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना डिस्चार्ज्ड भएका छन्। अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।आइतबारसम्म ९६ हजार २ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

    हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार