Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि मौसममा क्रमिक सुधार हुने


    आइतबार, जेष्ठ २५ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ, २५ जेठ । आजदेखि मुलुकभरको मौसम सफा हुदै जाने भएको छ । केही दिनदेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आइतबारदेखि सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    मौसमविद् मीनकुमार आर्यालले सो प्रणाली पश्चिमी भूभागबाट बाहिरिने क्रम सुरू भएकाले क्रमशः सुधार हुँदै जाने जानकारी दिए।

    हाल देशको प्रदेश नं ५, कर्णाली , गण्डकी , वाग्मती प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम सफा रहेको छ।

    महाशाखाले आज दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली भई प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानका साथै कर्णाली तथा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ का एकदुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

     

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ। त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११।९ डिग्री सेल्सियस र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार