Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हिरासतमा रहेका युवकमा कोरोना संक्रमण पुष्टि


    आइतबार, जेष्ठ २५ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गोरखा, २५ जेठ । जवरजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतभित्र रहेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।गोरखाका एसपी ओम अधिकारीका अनुसार १७ वर्षीय युवकमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

    पक्राउ गरेपछि आरडिटी परीक्षण गर्दा नेगेटिभ आएपछि उनलाई हिरासतमा राखिएको थियो।ती युवकसहित गोरखा प्रहरी हिरासतमा अर्का एक पुरूष पनि सँगै थिए।एसपी अधिकारीका अनुसार ती युवकसँग सम्पर्कमा आएका सबैको खोजी गर्ने तयारी छ।

    संक्रमित युवकलाई गोरखा अस्पतालमा रहेको आइसोलेसनमा राखिने जिप्रका गोरखाले जनाएको छ।गण्डकी प्रदेश जनस्वास्थ्य प्रगोगशालामा गरिएको परीक्षणका क्रममा गोरखामा एकै दिन आइतबार दश जना संक्रमित फेला परेका हुन्।

    संक्रमितमध्ये आठ जना भारतबाट फर्केर क्वारेन्टाइन बसेका व्यक्ति हुन्। एक युवक पालुङटारका र अर्का एक संक्रमित भने काभ्रेबाट हालै गोरखा गएको खुलेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार