Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लकडाउनलाई सहज बनाउने कार्ययोजना माथि प्रारम्भिक छलफल


    आइतबार, जेष्ठ २५ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, २५ जेठ ।कोरोना भाइरस ( कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड पालना गर्ने गरी उद्योग व्यवसाय सञ्चालन गर्न सरकारलाई सिफारिस गर्ने भएको छ।

    समितिको हिजो (शनिबार) बसेको बैठकमा आर्थिक क्रियाकलापलाई क्रमश सुचारु गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको भएको थियो ।

    उच्चस्तरीय समन्वय समितिका सचिव नारायण प्रसाद विडारीले आर्थिक क्रियाकलापहरु, बैंकिङ कारोबार, कृषि जन्य उद्योग व्यवसाय, अत्यावस्यक सेवाका क्षेत्रहरु, अस्पताल तथा प्रयोगशाला लागयतका क्षेत्रहरुलाई क्रमश सहजता दिलाउँदै सहजिकरण गर्ने सम्बन्धमा छलफल भएको भएको वताए ।

     सचिव नारायण विडारीका अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड, गृह मन्त्रालयद्वारा जारी सुरक्षा सम्बन्धी मापदण्ड पालनागरी सञ्चालन गर्न पर्ने सेवाका विषयमा बैठकले गृहकार्य गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकपछि सचिव विडारीले भन्नुभयो, “बन्दाबन्दीबीच पनि सेवालाई सहज बनाउनेबारे पहिलोचरणमा छलफल भयो ।”तर  कुनै निर्णय नभएको उनले बताए ।

    लकडाउन लम्बिदै गएपछि कतिपय व्यवसायीहरुले आफ्नो व्यवसाय शुरु गरिसकेका छन्। व्यवसायीहरुले सरकारलाई उद्योग व्यवसाय खोल्नका लागि दबाब दिदै आएका छन् । समितिले आज (आइतवार ) बस्ने मन्त्रिपरिषद्को बैठकमा हिजो छलफलबाट तयार गरिएको मस्यौदा पठाउने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार