डोल्पा । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । चार दिनअघि मृत्यु भएका ब्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ५८ बर्षीय पुरुषको ४ दिनअघि मृत्यु भएको थियो । उनको स्वाब परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । उनी जेठ १८ गते नेपालगञ्ज हुँदै डोल्पा पुगेका थिए । उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो सममदेखि दमको रोगले पीडित थिए । पछि उनलाई होम आइसोलेसनमा राखिएको थियो ।
होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । डोल्पाको घटनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।