हृदयेश त्रिपाठी र सूर्यप्रसाद गौतम
काठमाडौं । केपी शर्मा ओलीले हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिएपछि उनले त्यहाँ गाईजात्रा मच्चाउन सुरु गरेका छन् । कोरोना महामारीका बीचमा उनले साढे ४ करोड रुपैयाँमा गाडी खरिद गर्न लागेको बिषयमा सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ । उनले मन्त्रालय वा अन्तर्गतका ९ वटा गाडी दुरुपयोग गरेको बिषयले सरकारलाई बदनाम गराएको छ । सत्ताको दुरुपयोगको उदाहरण मन्त्री त्रिपाठीले प्रदर्शन गरेका छन् ।
कोरोना महामारीका कारण राजस्व संकलन नै ठप्प भए पनि मन्त्री त्रिपाठीले साढे ४ करोडको गाडी खरिद गर्नु र सचिव सूर्यप्रसाद गौतमले आफ्नै कार्यकक्षमा ६ लाखको सोफा र फर्निचर फेरेका समाचार सार्वजनिक भइरहेका छन् । अर्थमन्त्रालयले २०७६ चैत २० मा फर्निचर खरिद लगायतका कार्य नगर्न गरेको परिपत्र बिपरीत सचिव गौतमले आफ्नो र सहसचिवहरुको कार्यकक्षमा करोडको हाराहारीमा सोफादेखि कार्पेट फेरेका छन् ।
मन्त्री त्रिपाठीले कर्मचारी सरुवामा दाम असुलीलाई रफ्तारका साथ अगाडि बढाएका छन् । विशेषगरी तराईका जिल्लाहरुमा सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई कामै गर्न नदिने र त्यहीँका स्वास्थ्य, शिक्षा, पशु कार्यालयका कर्मचारीलाई कामु प्रशासकीय अधिकृतको जिम्मा दिएर ब्रम्हलुट गर्ने क्रम बढेको छ । जुन काम मन्त्री त्रिपाठीकै स्वकीय सचिवालयका कर्मचारीबाट हुँदैआएको छ । मन्त्री त्रिपाठी र सचिव गौतमले लकडाउनको अवधिमा सरुवामा लिलाम बढाबढ गरी घुस असुली गरेको आरोप छ ।
सरुवाले मात्र नपुगेर विगतमा समायोजन ऐन अनुसार समायोजन भएका कर्मचारीको समायोजन नै उल्टाउने काम पनि हुँदैआएको छ । राजस्व समूहका १४ उपसचिवहरुलाई प्रदेशमा भएको समायोजन बदर गर्ने खेलमा घुसमा कुरा मिलाइसकेका मन्त्री त्रिपाठीले उक्त निर्णय गर्न मुख्यसचिव लोकदर्शन रेग्मीले रोकेकाले तिल्मिलाएका छन् ।
सातै प्रदेशमा समायोजन भएका राजस्व समूहका उपसचिवहरु विगतमा कर र राजस्व समूहमा बसी अकूत सम्पत्ति आर्जन गरेकाहरु नै छन् । उनीहरु जे जसरी हुन्छ समायोजन बदर गराएर संघमै दरबन्दी कायम गराउन भगीरथ प्रयत्नमा छन् । त्यसका लागि राजस्व समूहका उपसचिवद्वय जनार्दन पौडेल र राजेन्द्रप्रसाद चुडाल सक्रिय रुपमा लागेका छन् । मन्त्री त्रिपाठीको अर्थमोहबारे जानकारी पाएका उनीहरु प्रतिब्यक्ति ५ लाखको अफर गरी समायोजन बदर गराउन लागेका छन् । झापा घर भएका चुडाल प्रधानमन्त्री केपी शर्मा ओलीकोमा समेत पुगेर समायोजन बदर गराउन लागेका छन् । उनी ओलीलाई बा को साइनो समेत लगाएर जसरी हुन्छ समायोजन बदर गराउने चलखेलमा छन् । चुडाल प्रदेशमा सरुवा भए पनि सर्वोच्च अदालतमा मुद्दा दायर गरी भन्सार विभागको आकर्षक प्रोजेक्टका रुपमा लिइने सिंगल विन्डो सिस्टममा गाडी सुविधा सहित कार्यरत छन् ।
यसैबीच, मन्त्री त्रिपाठीले अघिल्लो सरकारले ऐन अनुसार गरेका समायोजन गरेका कर्मचारीको समायोजन उल्टाउन तल्लीन छन् । उनले पहिलो चरणमा १५ कर्मचारीको समयोजन संशोधन भन्दै उल्ट्याएका छन् । यसरी समायोजन संशोधन गरिएकाहरुमा खरिदारदेखि अधिकृतसम्मसम्म छन् । पूर्वाधार विकास कार्यालय रुकुमका सब इन्जिनियर विश्राम पुन मगरलाई कर्णाली प्रदेश गरिएको समायोजन संशोधन गरिएको छ । यातायात व्यवस्था कार्यालय सगरमाथा सिराहाबाट प्रदेश १ मा समायोजन गरिएका अधिकृत (छैटौं) यमनाथ बरालको समायोजन उल्टयाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अधिकृत कुमार न्यौपाने, प्रदेश योजना कार्यालय विराटनगरकी नायब सुब्बा उमा बन्जाराको समायोजन संशोधन भएको छ । उनीहरुलाई प्रदेश १ मा समायोजन गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिका मकवानपुरका नासु जय राम रुपाखेतीको बागमती प्रदेशमा गरिएको समायोजन सच्याइएको छ ।
मायादेवी गाउँपालिका, कपिलवस्तुका नासुलाई सोही गाउँपालिकामा समायोजन गरिएको थियो । त्यो पनि उल्टइएको छ । उमाकुण्ड गाउँपालिका रामेछापका खरिदार केशरबहादुर खत्रीको समायोजन संशोधन गरिएका मन्त्रालयले जनाएको छ ।
उनलाई उमाकुण्ड गाउँपालिकामा नै समायोजन गरिएको थियो । सान्नी त्रिवेणी गाउँपालिका कालिकोटका खरिदार प्रकाशकुमार केसीको बैजनाथ गाउँपालिका बाँकेमा समायोजन गरिएको थियो । अन्नपूर्ण पोष्ट दैनिकका अनुसार मेचीनगर नगरपालिका, झापाका खरिदार राजेन्द्र प्याकुरेललाई सोही नगरपालिकामा समायोजन गरिएको थियो ।
उनको समायोजन पनि संशोधन भएको छ । मालपोत कार्यालय सक्रान्तीबजार, तेह्रथुमका खरिदार सन्दिप न्यौपानेलाई प्रदेश १ मा समायोजन गरिएको थियो। त्यो पनि उल्टाइएको छ ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय, धनकुटा (फाजिल) पम्प मेकानिक रामप्रसाद पराजुलीको विराटनगर महानगरपालिका मोरङमा समायोजन भएको थियो । फेरि उनलाई फाजिलमा नै राखिएको छ । यातायात व्यवस्था कार्यालय ललितपुर (फाजिल) टाइपिस्ट नासु रबिन्द्र श्रेष्ठ चन्द्रागिरी नगरपालिका, काठमाडौमा समायोजन गरिएको थियो।पुन स् टाइपिस्ट श्रेष्ठलाई फाजिलमा नै राखिएको छ ।
यातायात व्यवस्था कार्यालय, नारायणी पर्साका खरिदार प्रविण गुरागाईलाई प्रदेश १ मा गरिएको समायोजन पनि संशोधन भएको छ ।
तिरहुत गाउँपिलका सप्तरी सब इन्जिनियर जागेश्वर मण्डलको सोही गाउँपिलकामा भएको समायोजन पनि संशोधन भएको छ । सहिदभुमि गाउँपालिका धनकुटाकी सहायक महिला विकास निरीक्षक चन्द्रकला पाण्डेको धनकुटा नगरपालिकामा भएको समायोजन पनि सच्याइएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend