Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोले हेटौँडादेखि काठमाडौँ जोड्ने सडक अवरुद्ध


    शनिबार, जेष्ठ २४ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौँडा, २४ जेठ । हिजो (शुक्रबार) बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

    भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिनुभएको छ । हेटौँडाबाट काठमाडौं जोड्ने छोटो दूरीको उक्त सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहेको समेत प्रहरीले जनाएको छ । (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार