Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कागज खरिदमा घोटाला गर्ने कोइराला र उपाध्यायसहित ४ जनाबिरुद्ध मुद्दा दायर


    शुक्रबार, जेष्ठ २३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गर्ने तत्कालीन महाप्रबन्धक सुशील कोइराला कोइराला, महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायसहित ३ जनाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मुद्दा दायर गरेको छ ।

    गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रालिबीच न्यूज प्रिन्ट कागज खरिदसम्बन्धी सम्झौतामा भन्सार महशुलबापतको सम्पूर्ण रकम प्रिन्टसेल कम्पनीकै हुने भन्ने स्पष्ट व्यहोराको सम्झौताविपरीत तत्कालीन महाप्रबन्ध केइरालासमेतको मिलेमतोमा सम्झौताको शर्तविपरीत भन्सार छुट गराई सार्वजनिक संस्थान गोरखापत्र संस्थानलाई २६ लाख १६ हजार १० रुपैयाँ हानीनोक्सानी पुर्याएको अख्तियारको अनुसन्धानमा देखिएपछि मुद्दा दायर गरेको जनाएको छ ।

    प्रिन्टसेल इमेजिङ प्रालिलाई फाइदा हुनेगरी भन्सार छुट सिफारिस र भुक्तानी दिने लिने कार्य गरेको पुष्टि हुन आएकाले संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइराला, वर्तमान महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायले प्रिन्टसेल इमेजिङ कम्पनी प्रालिलाई भन्सार छुटबापत गोरखापत्र संस्थानले सिफारिस गरिसकेको अवस्थामा सो सिफारिसअनुसार भएको भन्सार छुट रकमलाई नजरअन्दाज गरी प्रिन्टसेललाई फाइदा र गोरखापत्र संस्थानलाई हानी हुनेगरी बदनियतपूर्ण तरिकाले पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौताअनुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी गोरखापत्र संस्थानलाई हानीनोक्सानी गराएकोले भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको २६ लाख १६ हजार १ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

    अख्तियारले अर्थ निर्देशक राम सुन्दर चौधरी र कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका संचालक दीपक कुमार भंसालीबिरुद्ध पनि जनही २६ लाख १६ हजार १ रुपैयाँ नै बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार