Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रेष्ठ दम्पतिले दिए एक महिनाको घरभाडा छुट


    शुक्रबार, जेष्ठ २३ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, २३ जेठ । बन्दाबन्दीमा ब्यापार ब्यबसाय सब ठप्प भएकोले भरत कुमार श्रेष्ठ र गङ्गा श्रेष्ठले आफ्नो काठमाडौंको कोटेश्वर स्थित घरमा भाडामा बस्नेहरुका लागि एक १ महिनाको भाडा नलिने घोषणा गरेका छन् ।

    रामेछापको चिसापानी स्थायी घर भई हाल कोेटेश्वर बस्ने श्रेष्ठ दम्पतीले कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको  र लकडाउनका कारण काममा जान नपाएका आफ्नो घरमा बस्नेहरुलाई एक महिनाको भाडा छुट दिने निर्णय गरेका छन् । एक महिनाको छुटले पनि भाडामा बस्नेहरुलाई राहत पुग्ने उनीहरुको बिश्वास छ । उनीहरुले धर्म गर्न मन्दिर नै जानु पर्छ भन्ने छैन, यस्तो महामारीको बेलामा आफूले सक्दो सहयोग गर्नु नै मानवता र मानवीय धर्म भएको बताएका छन् । श्रेष्ठ जडीबुटी स्थित इन्द्रेणी बैङ्क्वेट्का संचालक हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार